काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दुई जना मन्त्री नियुक्त गरेका छन् ।
मंगलबार राष्ट्रपति पौडेलले जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतोलाई वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा नियुक्त गरेको थियो ।
योसँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन भएको ६ महिनापछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस ११ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।