
काठमाडौं । प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको छ । अहिले बिहान १० बजेबाट प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच छलफल भएको हो ।
नीति तथा कार्यक्रम, बजेट र संसदीय समितिको विषयमा छलफलल भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।