तिलोत्तमाका कृषकलाई अनुदानमा औजार वितरण

<p>तिलोत्तमा । तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार पशुपन्छी वितरण गरिएको छ । नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण [&hellip;]</p>

तिलोत्तमा । तिलोत्तमा नगरपालिका बाट ५० प्रतिशत अनुदानमा पशुपालक फर्म तथा कृषकहरुलाई साना कृषी औजार पशुपन्छी वितरण गरिएको छ ।

नगरपालिका भित्रका २९ जना कृषकलाई ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट) लगायतका सामाग्रीहरु वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए । साना कृषकलाई कृषि तथा पशुपन्छीपालनमा उत्साहित बनाउन अनुदानमा प्रयोग हुने औजार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताए ।

नगरपालिका भित्रका २९ जना कृषकलाई ५० प्रतिशत अनुदानमा करिव १० लाख बराबरको साना कृषी औजार (पशुपन्छी) ईलेक्ट्रिक च्याप कटर (घाँस तथा पराल र छवाली काट्ने), प्रेसर क्लिनर मेसिन (गोठ सफा गर्ने मेसिन), काउ म्याट (गोठमा ओछ्याउने म्याट)  लगायतका सामाग्रीहरु बितरण गरिएको पशु शाखा प्रमुक राजु कुँवर मगरले बताए ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कृषकहरुको समय र मेहनतको बचत गर्न तथा पशुपालक कृषकहरुलाई सो काम मा अग्रसर बनौन यस्तो कार्यक्रमको आयोजना गरिएको बताए । पछिल्लो समय युवाहरुको कृषिमा सहभागिता बढेको भन्दै देशमै स्वरोजगार हुन यस्ता अनुदानका कार्यक्रमले सहयोग गर्ने समेत बताए ।

सो कार्यक्रममा कृषि शाखा प्रमुख दोमलाल भुसाल , राम प्रसाद खनाल, पशु शाखाका डाक्टर उर्जा देवकोटा, प्राबिधिकहरु महेश गौतम , गोविन्द खनाल, त्रिविक्रम न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

Share News