बालकृष्ण खाणलाई कांग्रेसले तत्काल निलम्बन नगर्ने

<p>काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसको बैठकले यस्तो निर्णय गरेको हो । पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार प्रहरीले पक्राउ गरेको थियो । बैठकले खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष निकालेको [&hellip;]</p>

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल निलम्बन नगर्ने भएको छ । पार्टीको पदाधिकारी तथा पूर्वपदाधिकारीको बिहीबार बसको बैठकले यस्तो निर्णय गरेको हो ।

पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार प्रहरीले पक्राउ गरेको थियो । बैठकले खाणको संलग्नता पुष्टि नभइसकेकोले अहिले नै निलम्बन गर्नु नपर्ने निष्कर्ष निकालेको एक नेताले बताए ।

यता, नेकपा (एमाले)ले भने नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पार्टी सचिव टोपबहादुर बस्नेतलाई भने निलम्बित गरिसकेको छ ।

Share News