महानगरको नीति र बजेटका लागि बालेनले मागे सुझाव, अनलाइनबाट पनि दिन सकिने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा बजेटका लागि नागरिकसँग सुझाव माग गरेको छ । नीति बजेट तथा कार्यक्रम निर्माण गर्दा नागरिकका चाहनालाई समेटने उद्देश्यले महानगरले सुझाव संकलन संयन्त्र निर्माण गरेको र सुझाव अनलाइनमार्फत दिन सकिने भन्दै महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले बताएका छन् । अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाकाले आगामी आर्थिक वर्षको नीति तथा बजेटका लागि नागरिकसँग सुझाव माग गरेको छ । नीति बजेट तथा कार्यक्रम निर्माण गर्दा नागरिकका चाहनालाई समेटने उद्देश्यले महानगरले सुझाव संकलन संयन्त्र निर्माण गरेको र सुझाव अनलाइनमार्फत दिन सकिने भन्दै महानगरका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले बताएका छन् ।

अनलाइन सुझाव संकलन पोर्टलमा महानगरको विकास, सुविधा वितरण, सेवा प्रवाह तथा समृद्धिका लागि कुन कुन क्षेत्रमा कस्ता नीति बनाउनु पर्ला, कस्ता कार्यक्रम राख्नुपर्ला, बजेटको कस्तो व्यवस्था गर्नुपर्ला लगायत सहरी विकास र व्यवस्थापनसँग सम्बन्धित विषयमा सुझाव दिन सकिने प्रमुख बालेनले बताएका छन् । अनलाइन पोर्टलमार्फत अन्य शिर्षकमा गएर शिर्षकभन्दा बाहिरबाट पनि सुझाव दिने व्यवस्था गरिएको उनले बताएका छन् ।

त्यसरी सुझाव दिन चाहनले मेयर डट सेक्टर एट काठमाडौं डट जिओभी डट एनपी मा गएर आफ्नो सुझाव आगामी जेठ ९ गतेसम्म पठाउन सकिने महानगर प्रमुख बालेनले बताएका छन्, साथै सिधै कार्यालयमा समेत सुझाव बुझाउन सकिने उनको भनाइ छ । सुझावको लागि महानगरले सजेसन डट काठमाडौं डट जिओभी डट एनपी को व्यवस्था गरेको छ ।

Share News