
काठमाडौं । सांसद विनोद चौधरीले नेपाललाई क्रिप्टो करेन्सीको हब बनाउन सकिने बताएका छन् । अर्थमन्त्री डा। प्रकाशशरण महतले पेश गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मंगलबार प्रतिनिधिसिभामा धारणा राख्दै सांसद चौधरीले यस्तो बताएका हुन् ।
उनले क्रिप्टो मार्फत ठूला लगानी भित्र्याउन सकिने भएकाले प्रतिबन्ध हटाउन माग गरे ।
‘२१ औँ शताब्दिको क्रिप्टो माइनिङ्कको हब बनाउन सकिन्छ, यसका लागि गुणस्तर विद्युत आवश्यक पर्छ, हुन त क्रिप्टो कारोबार नेपालमा प्रतिबन्धित छ, यसैले क्रिप्टो माइनिङ गरेर निर्यात गर्छ भने त्यसमा प्रतिबन्ध लगाउन जरुरी छैन,’ उनले भने ।
क्रिप्टो माइनिङका लागि विशेष कार्यक्रम घोषणा गर्न सकिने बताउँदै उनले भने,’ठूला लगानीकर्तालाई ल्याउन सक्छौं, यो पनि व्यापार घाटा घटाउने कोशेढुंगा सावित हुन्छ ।’
यस्तै, उनले नेपालमै विद्युत खपत गर्ने गरी प्राथमिकतामा राख्नुपर्ने बताए ।