काठमाडौं । हाल वितरण भइरहेको सामाजिक सुरक्षा भत्ता कटौती नहुने भएको छ ।
मंगलबार राष्ट्रियसभामा बजेटका सिद्धान्त र प्राथमिकतामाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन् ।
‘सामाजिक सुरक्षाका विषयमा केही आशंका उठेका छन्, तर हामीले प्रतिवद्धता गरेका सामाजिक सुरक्षाका विषय कटौती हुँदैन,’ उनले भने ।
उनल बोलिसकेका कुराबाट सरकार पछि नहट्ने बताए ।