लिवर्टी इनर्जीको साधारणसभा सम्पन्न, ७५ करोडको हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनी सञ्चालक समितिका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, सञ्चालकहरुको चयन गर्ने, हकप्रद सेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित [&hellip;]</p>

काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार कम्पनी सञ्चालक समितिका अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७६/०७७, २०७७/०७८ र २०७८/०७९ को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, सञ्चालकहरुको चयन गर्ने, हकप्रद सेयर निष्काशन गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० कराेडमध्ये १ अर्ब १२ कराेड ५० लाख संस्थापक सेयर र बाँकी ३७ कराेड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएकोछ । साधारण सभाबाट कम्पनीको हालको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ कराेड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

साथै सभाले छ जना सञ्चालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक समुहबाट ५ जना, सर्वसाधारण समुह (स्थानीय समेत) बाट १ जना गरि निम्न बमोजिम ६ जना सञ्चालकहरुको निर्विरोध निर्वाचित गरेको छ ।

जसमा संस्थापक समुहबाट डा. आत्माराम घिमिरे, श्याम बहादुर खड्का, राजेन्द्र वस्ती, पुरुषोत्तम घिमिरे र कविता पोख्रेल निर्वाचित भएका छन् । त्यस्तै, सर्वसाधारण समुहबाट लोचन कोइराला र स्वतन्त्र संचालकमा अनुज्ञा सापकोटालाई नियुक्त गर्ने प्रस्ताव समेत साधारणसभाले अनुमोदन गरेको छ ।

Share News