उद्योगपति ताराचन्द्र केडिया ‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट’ अवार्डद्वारा सम्मानित

<p>काठमाडौं । अग्रणी उद्योगपति ताराचन्द्र केडिया ‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । मंगलबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा उद्योगपति केडियालाई प्रधानमन्त्री प्रचण्ड र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सम्मान गरेका हुन् । ‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय ईश्वरलालको स्मृतिमा स्थापना गरिएको हो [&hellip;]</p>

काठमाडौं । अग्रणी उद्योगपति ताराचन्द्र केडिया ‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् ।

मंगलबार आयोजित नेपाल चेम्बर अफ कमर्सको ७२औं वार्षिक साधारण सभामा उद्योगपति केडियालाई प्रधानमन्त्री प्रचण्ड र चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सम्मान गरेका हुन् ।

‘ईश्वरलाल श्रेष्ठ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष स्वर्गीय ईश्वरलालको स्मृतिमा स्थापना गरिएको हो । यो अवार्ड वार्षिकरूपमा आर्थिक क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने गरिन्छ ।

स्वर्गीय श्रेष्ठ परिवारको प्रायोजन रहेको उक्त अवार्ड वितरण गर्ने क्रममा चेम्बर पूर्वअध्यक्ष श्रेष्ठका छोराद्वय प्रदिपलाल श्रेष्ठ र प्रशान्तलाल श्रेष्ठ एवम् चेम्बर उपाध्यक्ष समेत रहेका छोरी  उर्मिला श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वनवरीलाल मित्तल मेमोरियल अवार्डबाट पर्यटन व्यवसायी कर्ण शाक्य, राज बहादुर चिपालु मेमोरियल अवार्डबाट कर्ण बहादुर मल्ल, इन्द्रभक्त श्रेष्ठ मेमोरियल अवार्डबाट बालकृष्ण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ मेमोरियल अवार्डबाट राष्ट्रिय आविष्कार केन्द्र, जुद्ध बहादुर श्रेष्ठ मेमोरियल अवार्डबाट रेशम बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

त्यस्तै पालिका र जिल्ला स्तरमा राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र ललितपुर चेम्बर अफ कमर्स सम्मानित भए भने चलचित्रतर्फ प्रियङ्का कार्की सम्मानित भए ।

Share News