वरिष्ठ उपाध्यक्ष ढकालद्वारा वृहत् राष्ट्रिय विमर्शको आह्वान

<p>काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी [&hellip;]</p>

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान संकट समाधानको लागि वृहत् राष्ट्रिय विमर्शको प्रस्ताव गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिलेको अवस्था गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्न आग्रह गर्दै नेपाल सरकार, नेपाल राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनुपर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष ढकाल यो साधारण सभाबाट महासंघको अध्यक्ष बन्दै छन् ।

“यतिखेर मुलुकको अर्थतन्त्र संकटको डिलमा छ । आर्थिक गतिविधिहरु शिथिल छन् । आपूर्ति प्रणाली खलबलिएको छ । उद्योगी/व्यवसायीहरु समस्यामा छौँ । विकास खर्च अत्यन्त न्यून छ । राजश्वले साधारण खर्च समेत धान्न सकिरहेको छैन,” उनले भने, “तर, अर्थतन्त्रका सबै सरोकारहरुले बेलैमा बिचार पुर्‍याउने हो भने अहिलेको आर्थिक समस्यालाई पार लगाउन गाह्रो छैन ।”

उनले हाम्रो जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको बताउँदै यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने र नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत बजारमा तरलता बढाउने र व्याजदर घट्ने उपकरणहरु ल्याउनुपर्ने बताए ।

बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले आफू अध्यक्ष भएपछि निजी क्षेत्रलाई प्रोटोकल कायम गर्ने बताएका छन् । जसको लागि सरकारसँग पहल कदम चाल्ने उनको भनाई छ ।

‘नजिकको तीर्थ हेला भने जस्तै निजी क्षेत्रलाई हेर्ने दृष्टि गलत छ, निजी क्षेत्रसँग हातेमालो गरेर विकसित मुलुक बन्न सम्भव छ, यो क्षेत्रको आधुनिकिकण गर्न सरकारलाई आग्रह छ,’ उनले भने ।

उनले सरकारले लगानी बिना प्रतिफल हुने गरि वातावरण कायम गर्नु पर्ने बताए । एफडीआईबाट आउने लगानीलाई सहि रुपमा प्रयोग गर्न सक्नु पर्ने उनकोे भनाई छ ।

‘पुराना नियन्त्रणमुखी कानुनहरु संशोधन गर्न जरुरी रहेको बताउँदै उनले भने- ‘नयाँ सरकार बनेपछि नयाँ नयाँ मन्त्री आउँदा निजी क्षेत्र अन्यौल बनेको उनले भने । साथै, उनले सातै प्रदेशमा ठूला आयोजना निर्माण कार्य अघि बढाएको जानकारी गराए ।

Share News