काठमाडौं । सरकारले सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने भएको छ । गठबन्धन दलहरुले संयुक्त रुपमा न्यूनतम साझा नीति तथा कार्यक्रमहरु सार्वजनिक गर्दै सातै प्रदेशमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने कार्यक्रमलाई प्राथमिकता साथ उल्लेख गरेको हो ।
सरकारले स्वदेशी लगानीलाई प्रोत्साहन तथा विदेशी लगानीलाई आकर्षण गर्ने गरी लगानी मैत्री वातावरण निर्माण गर्ने, विदेशी सहयोग र अनुदान उत्पादनशील र भौतिक पूर्वाधार विकासको क्षेत्रमा प्रवाह गर्ने र लगानी मैत्री वातावरणको सुनिश्चितता गर्न आवश्यकतानुरूप आर्थिक ऐन, नियमहरू संशोधन गर्ने उल्लेख गरेको छ ।
यस्तै, वैदेशिक ऋण भुक्तानीलाई पारदर्शी बनाउने र औद्योगिक विकासलाई तिव्रता दिने विषयलाई पनि सरकारले प्राथमिकताका साथ सार्वजनिक गरेको छ ।