काठमाडौं । अब धनगढी उपमहानगरपालिकामा डिजे बजाउन नपाइने भएको छ ।उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै माईक, डिजे जस्ता विधुतीय बाजा गाजा र पटाका पड्काउन प्रतिबन्ध लगाएको हो ।
उप(महानगरपालिका भित्र सामाजिक परम्परा अनुसार हुने विवाह, व्रतबन्ध, सप्ताह एवम् चाडपर्वहरुमा बजाइने विधुतीय बाजा गाजाहरुले नगरवासीहरुलाई नकारात्मक असर परेको र वृद्ध तथा बालबालिका र मुटु तथा असाध्य रोग लागेका मानिसहरुको स्वास्थ्यमा थप समस्या उत्पन्न भएको बताएको छ ।
‘छर छिमेकीलाई नकारात्मक असर पुग्ने गरी पटाका, डिजे लगायत विधुतीय बाजाको प्रयोग नगर्नरनगराउनु हुन् सम्वन्धित सबैको जानकारीको लागी यो सूचना प्रशारण गरिएको छ । अटेर गरी त्यस्ता सामग्री प्रयोग गरे गराएमा नियम कानून बमोजिम कारवाही भै जाने व्यहोरा समेत यसै सूचना साथ जानकारी गराईन्छ,’ सूचनामा भनिएको छ ।