
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङबीच भेट भएको छ ।
धरान उपमहानगरका मेयर साम्पाङ र काठमाडौं महानगरका मेयर बालेन शाहबीच मंगलबार दिउँसो राष्ट्रिय सभामा भेट भएको हो । उनीहरूबीच समसामयिक विषयमा कुराकानी भएको बताइएको छ ।
भेटको क्रममा बालेनलाई साम्पाङले सिलाम साक्मा लगाइदिएका थिए ।