काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुरलाई हरियाली शहर बनाउने योजनाअनुसार काम भइरहेको बताएका छन् ।
बुधबार ललितपुरमा नेपाल स्काउट वागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रमुख महर्जनले आगामी आर्थिक वर्षदेखि महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय र सहकार्य गरी हरियाली शहर बनाउने र ललितपुर महानगरपालिकालाई सुरक्षित शहर बनाउने कुरामा लाग्ने प्रतिवद्धता जनाए । उनले महाकांल, वागमती गाउँपालिकाहरुमा पनि महानगरको सहयोगमा स्काउटका कार्यक्रमहरु पु¥याउन प्रतिवद्ध रहने बताए । उनले ललिपुर महानगरपालिकालाई हरियाली शहर बनाउनका लागि योजना र कार्यक्रम बनाइ काम पनि शुरु गरिसकेको बताए । उनले सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिए त्यहाँबाट हरियाली ललितपुरको काम शुरु गरेको बताए ।
उनले भने, ‘अब आउँदो आर्थिक वर्षदेखि ललितपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नेपाल स्काउटको शाखासँग समन्वय गरेर काम गर्नेछौँ । हामीले काम गर्नको लागि बजेट कुर्नु आवश्यक छ । त्यसपछि हामी कन्जुसम, महाकांल, वागमती गाउँपालिकाहरुमा स्काउड एक्टिभिटी बढाउन तयार छौँ । सप्तापातल पोखरीसँग जोडिएको ३२ रोपनी जग्गा नेपाली सेनासँग फिर्ता लिएका छौँ, र हामीसँग भएको १५ रोपनी जग्गामा हरियाली र पानीजन्य प्रोजेक्ट शुरु गरिसकेका छौँ । २ वर्ष भित्रमा त्यहाँ हामी कमलको फूल फुलाउनेछौँ ।’
स्काउट प्रवर्तक लर्ड वेडेज पाल्वे तथा लेडी वेडेन पावेलको जन्मोत्सव एवं यु फाउण्ड थिंकिङ डेको अवसरमा नेपाल स्काउट वागती प्रदेशले सो कार्यक्रम गरेको हो ।