काठमाडौं महानगरले मेयर्स रिसर्च फेलोसिप प्रोग्राम २०२३ सञ्चालन गर्दै, १० जना छनोट हुने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेला्सिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको हो । काठमाडौं महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा सञ्चालन गर्न लागिएको हो । उक्त फेलोसिपका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको हो । महानगरपालिकाको सर्वाङ्गीण [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले मेयर्स रिसर्च फेला्सिप प्रोग्राम २०२३ सञ्चालन गर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले महानगर रिसर्च फेलोसिप २०७९ नामक अनुसन्धान शोधवृत्ति कार्यक्रमको तेस्रो संस्करणका रूपमा सञ्चालन गर्न लागिएको हो । उक्त फेलोसिपका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको हो ।

महानगरपालिकाको सर्वाङ्गीण विकासका विविध आयामसँग सम्बन्धित नीतिगत अनुसन्धान मार्फत् तथ्यमा आधारित नीति निर्माण गर्न एवम् कार्यमूलक अनुसन्धान मार्फत शहरी विकाससँग सम्बन्धित आयोजनाहरूको पहिचान गर्न सघाउ पुर्याउने उद्देश्यले फेलोसिप सञ्चालनमा ल्याउन लागिएको बताएको छ ।

फेलोसिपमा भाग लिन योग्यता पुगेका इच्छुक नेपाली अनुसन्धानकर्ताले ३५ दिनभित्र रीतपूर्वक अनुसन्धान प्रस्ताव पेस गर्न आह्वान गरेको हो । अनुसन्धान प्रस्ताव काठमाडौं महानगरपालिकासँग सम्बन्धित हुनुपर्नेछ ।

इतिहास, कला संस्कृति, परम्परा, भाषा, साहित्य, शहरी योजना, शहरी डिजाइन, वास्तुकला, यातायात, भौतिक पूर्वाधार, जनसाङ्ख्यिकीय, समाजशास्त्रीय वा मानवशास्त्रीय अध्ययन, शिक्षा, सामाजिक विकास, युवा, सामाजिक अभियान स्वास्थ्य जीवन स्तर, स्थानीय आर्थिक विकास, शहरी वित्त, उद्यमशीलता, मानव संसाधन विकास, शहरी अनौपचारिक क्षेत्र, गरिबी, अनधिकृत बसोबास, वातावरण, दिगो विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तन, कानून, शासन र सूचना तथा सञ्चार, नवीन सोच आदि विषयमा अनुसन्धान गरेको हुनुपर्नेछ ।

सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरी २ वर्षको अनुसन्धान, अध्यापन वा विषयगत कार्य अनुभव भएको हुनुपर्नेछ । महानगरपालिकाले उक्त अनुसन्धानका लागि ६ महिनाका लागि १० जनालाई छनोट गर्नेछ ।

Share News