
काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साह (बालेन) र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ । सोमबार मेयर बालेन र गभर्नर अधिकारीबीच राष्ट्रिय सभागृह मेयर चेम्बरमा भेटवार्ता भएको हो ।
भेटमा स्थानीय सरकारका मातहतमा रहेका सहकारी संस्था लगायत वित्तीय संस्थाहरूको नियमन, निरीक्षण र दूरगामी नीति, कार्यविधि तर्जुमा गर्ने विषयमा छलफल भएको काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ ।
छलफलमा आगामी दिनहरूमा महानगर र राष्ट्र बैंकबीच आवश्यक समन्वय तथा सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको पनि बताइएको छ ।