आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने चालकहरुको माग

<p>काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका हुन् । &#8216;देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी [&hellip;]</p>

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले चालकहरुले आफ्नै पेट्रोलियम ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको दोस्रो राष्ट्रिय महाधिवेशन समुद्घाटन समारोहमा बोल्दै नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघका अध्यक्ष ईश्वर लामाले चालकहरुले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग राखेका हुन् ।

‘देशभर १ हजार ९०० जना पेट्रोलियम ढुवानी गर्ने चालकहरु रहेका छन् । उहाँहरुको भूमिका महत्वपूर्ण छ,’ उनले भने, ‘सधैँ परनिर्भर हुनुभन्दा आफूहरुको भविष्यको लागि आत्मनिर्भर हुनुपर्ने भएकाले आफ्नै ट्याङ्कर चलाउन पाउनुपर्ने माग गरेका हौँ ।’ एकपटक चालकहरुका लागि कन्ट्याक्ट नामसारी खुलाइदिन पनि माग गरेका छन् ।

उनले आफूहरुको माग सुनुवाई नभएमा ३० दिनभित्र ट्याङ्करको साँचो हस्तान्तरण गरेर आन्दोलनमा उत्रने चेतावली दिए ।

Share News