काठमाडाैं । धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गामा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउँदा सुरक्षाकर्मी र स्थानीयबासिन्दा बीच झडप भएकाे छ ।
उपमहानगरले आइतबार धरान ५ स्थित देउरालीमा सार्वजनिक जग्गा खोला अतिक्रमण गरी बनाएकाे घर भत्काउन डाेजर प्रयाेग गरेकाे थियाे । झडप हुँदा उपमहानगरको डोजरको सिसा फुटेका छन् भने केही व्यक्ति सामान्य घाइते भएको प्रहरीले जानकारी दिएकाे छ ।
महानगरले घर निर्माण नगर्न पटकपटक पत्राचार समेत गर्दा अटेर गरी घर निर्माण गरेपछि सुरक्षाकर्मीकाे सहयाेगमा डाेजर चलाएकाे जनाएकाे छ ।