गृह मन्त्रालयको निर्देशन अनुसार महानगरले रोक्यो सुकुम्बासी हटाउने काम

<p>काठमाडाैं । काठमाडाैं महानगरपालिकाले तत्कालकाे लागि सुकुम्बासी बस्ती हटाउने काम राेकेकाे छ । महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरले गृह मन्त्रालयको निर्देशन अनुसार महानगरले सुकुम्बासी बस्ती हटाउन तत्काल केही कदम नचालेको बताए । गृहमन्त्रालयसँग छलफलपछि मात्रै महानगरको काम अघि बढाउने उनले जानकारी दिए । प्रवक्ता मानान्धरले थापाथली सुकुम्बासी बस्तीको पटक–पटक लगत सङ्कलन भइसकेको तर भूमि आयोगले व्यवस्थापनको काम टुङ्गो [&hellip;]</p>

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले तत्कालकाे लागि सुकुम्बासी बस्ती हटाउने काम राेकेकाे छ ।

महानगरपालिकाका प्रवक्ता नवीन मानान्धरले गृह मन्त्रालयको निर्देशन अनुसार महानगरले सुकुम्बासी बस्ती हटाउन तत्काल केही कदम नचालेको बताए । गृहमन्त्रालयसँग छलफलपछि मात्रै महानगरको काम अघि बढाउने उनले जानकारी दिए ।

प्रवक्ता मानान्धरले थापाथली सुकुम्बासी बस्तीको पटक–पटक लगत सङ्कलन भइसकेको तर भूमि आयोगले व्यवस्थापनको काम टुङ्गो लगाउन नसकेको बताए ।

महानगरले दुई हप्ताअघि गृह मन्त्रालयले थापाथली सुकुम्बासी बस्ती हटाउन सहयोगका लागि अनुरोध गरेको थियो । तर गृह मन्त्रालयले भने आवश्यक छलफल, समन्वय र पूर्व तयारी नभएसम्म सहयोग नहुने र पूर्णरुपमा प्रक्रिया मिचेर बस्ती हटाउन नसकिने जवाफ दिएकाे छ ।

Share News