बालेनको निर्णयमा गृहको असहयोग, सुकुम्बासी बस्ती तत्काल नहट्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना हटाउन अभियानमा सरकारले तत्कालकै नसघाउने भएको छ । बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ । गृहले लेखेको जवाफी पत्रमा महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने उल्लेख छ । ‘सार्वजनिक [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको थापाथलीस्थित बाग्मती नदी किनारका अनाधिकृत संरचना हटाउन अभियानमा सरकारले तत्कालकै नसघाउने भएको छ ।

बस्तीमा डोजर चलाउन सुरक्षा सहयोग मागेको काठमाडौं महानगरपालिकालाई गृह मन्त्रालयले प्रक्रिया मिचेर बस्ती हटाउन सहयोग गर्न नसकिने जवाफ दिएको छ ।

गृहले लेखेको जवाफी पत्रमा महानगरपालिकाले कानुन बमोजिमको प्रक्रिया पुरा गरेको अवस्थामा सहयोग हुने उल्लेख छ ।

‘सार्वजनिक सम्पत्ति र नदी किनारका मापदण्डअनुसारको क्षेत्रको संरक्षण गर्ने कार्यमा मन्त्रालयको सदैव सकारात्मक सहयोग रहने छ, उल्लेखित विषयमा कानुन बमोजिमको प्रक्रिया पुरा गरी, सरोकारवाला सबै पक्षसँग आवश्यक छलफल तथा समन्वय गरी पर्याप्त पूर्वतयारीसहित समग्र समस्या सामधान गर्ने महानगरको अग्रसरतालाई मन्त्रालयको पूर्ण सहयोग रहनेछ,’ पत्रमा उल्लेख छ ।

 

Share News