काठमाडौं महानगरपालिकाको राजश्व सङ्कलन ४ अर्ब ३४ करोड रुपैयाँ

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व असुल गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा गरेको थियो । महानगरले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । बुधबार महानगपालिमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पुस १५ सम्ममा ४ अर्ब ३४ करोड रुपैयाँ राजस्व असुल गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ जम्मा गरेको थियो । महानगरले कोरोना महामारीको त्रास कम भएसँगै उक्त राजश्व सङ्कलन गरेको महानगरका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले बताए । बुधबार महानगपालिमा भएको राजस्व परामर्श समितिको बैठकमा डा.अधिकारीले राजस्व असुलसम्बन्धी जानकारी दिए ।

बैठकले कामपाभित्र अनधिकृत राखिएका बोर्ड हटाउँदा लाग्ने जरिवाना रकम तोक्न राजस्व परामर्श समितिले नगरसभामा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

व्यवसायीले स्वीकृति नलिई वा मापदण्डविपरीत राखेका परिचय पाटी कामपाको टोलीले हटाउँदा लाग्ने जरिवाना रकम कम्तीमा ५ सय रुपैयाँ र अधिकतम ३ हजार रुपैयाँ हुने निर्णय गरेको छ । जरिवाना तोक्दा स्थान र सामान तथा उपकरणको प्रयोगलाई आधार बनाइएको छ ।

भुइँ तला र पहिलो तलामा राखिएका साधारण प्रकृतिका परिचय पाटीलाई एउटा शुल्क तोकिएको छ । सोही ठाउँमा बेल्डिङ् मेसिन तथा अन्य विद्युतीय उपकरण प्रयोग गरेर पाटी हटाउनुपरेमा अर्को प्रकारको शुल्क लाग्नेछ । दोस्रो तलाभन्दा माथि राखिएका सामान्य परिचय पाटी र त्यही ठाउँमा बेल्डिङ् मेसिन वा अन्य विद्युतीय साधनको उपयोग गर्नुपर्ने भएमा छुट्टाछुट्टै जरिवाना सिफारिस हुने निर्णय भएको छ ।

Share News