महानगरले धोवीखोला किनारमा चलायो डोजर

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा आज डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो । सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन थालेको लामो समय भइसकेको छ । तर, अतिक्रमित बनेका संरचनाहरु नहटाएसम्म डोजर चलाइ रहने महानगरले बताएको छ । महानगर सार्वजनिक जग्गामा बनेको घर [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले धोबीखोला किनारमा आज डोजर चलाएको छ । काठमाडौं महानगरको वडा नं. १० देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको हो ।

सार्वजनिक जग्गामा निर्माण भएको संरचनामा महानगरले डोजर लगाउन थालेको लामो समय भइसकेको छ । तर, अतिक्रमित बनेका संरचनाहरु नहटाएसम्म डोजर चलाइ रहने महानगरले बताएको छ ।

महानगर सार्वजनिक जग्गामा बनेको घर टहरा, मापदण्ड विपरीतको होर्डिङ बोर्ड, नक्सा विपरीतको वेसमेन्ट प्रयोग र फुटपाथ व्यवसाय हटाउँदै आएको छ ।

Share News