जथाभावी पार्किङ र फुटपाथ अतिक्रमण हटाउँदै वीरगञ्ज महानगर

<p>वीरगञ्ज । वीरगञ्जको बाइपास सडक छेउमा लामो समयदेखि पार्किङ गरेर छाडेको बेवारिसे ट्रक वीरगञ्ज महानगरपालिकाले हटाएको छ । महानगरले सडक पेटीमा राखेका निर्माण सामग्री तथा सवारी हटाउने अभियानका क्रममा बाइपास सडकमा लामो समयदेखी वेवारिसे रुपमा छाडेको ना ३ ख ९२९५ नम्वरको ट्रक हटाएको हो । वडा नम्वर १५ लक्ष्मनवा स्थित बाइपास सडक छेउमा पार्किङ गरेर [&hellip;]</p>

वीरगञ्ज । वीरगञ्जको बाइपास सडक छेउमा लामो समयदेखि पार्किङ गरेर छाडेको बेवारिसे ट्रक वीरगञ्ज महानगरपालिकाले हटाएको छ ।
महानगरले सडक पेटीमा राखेका निर्माण सामग्री तथा सवारी हटाउने अभियानका क्रममा बाइपास सडकमा लामो समयदेखी वेवारिसे रुपमा छाडेको ना ३ ख ९२९५ नम्वरको ट्रक हटाएको हो ।

वडा नम्वर १५ लक्ष्मनवा स्थित बाइपास सडक छेउमा पार्किङ गरेर राखेको वेवारिसे ट्रकलाई महानगरपालिकाले नियन्त्रणमा लिएर अहिले बालमन्दिरको चौरमा राखेको छ ।

यसैबीच अभियानकै क्रममा सडक पेटीमा राखिएका निर्माण सामग्री हटाउनुका साथै फुटपाथमा राखिएका ठेला तथा पसल हटाइएको वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँले जानकारी दिए ।

सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा तथा सवारी पार्किङ गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।

मंगलबार फुटपाथ अतिक्रमण नियन्त्रण र पार्किङ कार्यान्वयनका लागि खटिएको अभियानमा वीरगञ्ज महानगरपालिकाका सरसफाई प्रमुख सरफुद्धिन मियाँ, नगरप्रहरी प्रमुख हरि भुषाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Share News