काठमाडौं महानगरद्वारा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ । दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो । महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गरेको सो शिविरमा जनरल फिजिसियन, [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाको २८औँ महानगर दिवसका उपलक्ष्यमा ‘बृहत् स्वास्थ्य शिविर तथा निःशुल्क औषधि वितरण’ कार्यक्रम सञ्चालन गरिएको छ ।

दिवसका अवसरमा कामपा र नेपाली सेनाको सहकार्यमा आज र बिहीबार दुई दिन शहीद गेट नजिकै रहेको नेपाली सेनाको खेलमैदानमा शिविर सञ्चालन गरिएको हो ।

महानगर प्रमुख बालेन्द्र शाहले आज उद्घाटन गरेको सो शिविरमा जनरल फिजिसियन, कार्डियोलोजी, छाती रोग, सर्जरी, स्त्री रोग, अल्ट्रासाउन्ड, बालरोग, आँखा रोग, नाक, कान, घाँटी रोग, नसा हाडजोर्नी रोग, फिजियोथेरापी, छाला रोग, नसा तथा मानसिक रोग र दन्त रोगको निःशुल्क परीक्षण तथा औषधि वितरण गरिनेछ । बिहान ८ देखि दिउँसो १२ बजेसम्म बिरामीको नाम दर्ता गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म स्वास्थ्य परीक्षण गरिनेछ ।

काठमाडौं महानगरपालिका बसोबास गर्ने सबै व्यक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको शिविरमा अल्ट्रासाउन्ड, मुटुको भिडियो एक्स–रे, एक्स–रे र मोबाइल हस्पिटल भेहिकल लगायतका मेडिकल उपकरण र साधन प्रयोग गरिएको छ ।

शिविरमा सम्बन्धित चिकित्सकको प्रिस्क्रिप्सन अनुसारको औषधि वितरण गर्नाका साथै आवश्यकताअनुसार बिरामीको अन्य अस्पतालमा सिफारिस पनि गरिनेछ । कार्यक्रममा सेनापति प्रभुराम शर्मा, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, कामपाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

Share News