काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग कर्मचारी तलब भत्तामा मात्र ३ करोड रुपैयाँ खर्च गरेको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंघले ५ वर्षमा कर्मचारी तलब भत्तामा ३ करोड ३४ लाख ८० हजार खर्च भएको बताएकी हुन् ।
कोषाध्यक्ष बुढामगरका अनुसार ५ वर्षमा कार्यालय भाडामा ३२ लाख ५२ हजार रुपैयाँ खर्च भएको छ । यस्तै, मर्मत सम्भारमा १२ लाख ५० हजार, टेलिफोन इन्टरनेटमा एक लाख ३२ हजार ५ सय, इन्धनमा १२ लाख ८० हजार, मसलन्द छपाईमा १२ लाख २५ हजार, बैठक खर्च ४२ लाख ५० हजार, वैदेशिक सम्बन्ध विस्तारमा १२ लाख २० हजार , महासंघको लोगोको तयारमा ४ लाख ५० हजार र दैनिक भ्रमण भत्तामा ६ लाख रुपैयाँ खर्च भएको छ ।
महासंघले ५ वर्षको लागि स्वीकृत बजेट ५ करोड २९ लाख ५० हजार रुपैयाँ छुट्टाएको थियो । जसमध्ये महासंघले ५ करोड ५९ लाख ४ हजार रुपैयाँ खर्च भएको पनि बुढामगरले बताइन् । महासंघले छुट्टाएको बजेट भन्दा ३० लाख ४६ हजार रुपैयाँ बढी खर्च गरेको छ ।