यी ४ बैंकमा गाउँपालिका महासंघको डेढ करोड बचत, कुन बैंकमा कति ?

<p>काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग डेढ करोड रुपैयाँ बचत रहेको बुझिएको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंसंघसँग १ करोड ४९ लाख ३९ हजार रुपैयाँ बचत रहेको बताएकी हुन् । महासंघले महाधिवेशनको अवसरमा बैंकहरुमा भएको निक्षेप सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बैंकसँग चार बैंकको विभिन्न शाखाहरुमा निक्षेपका रुपमा रकम [&hellip;]</p>

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघसँग डेढ करोड रुपैयाँ बचत रहेको बुझिएको छ । आइतबार महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष दिलमाया बुढामगरले महासंसंघसँग १ करोड ४९ लाख ३९ हजार रुपैयाँ बचत रहेको बताएकी हुन् ।

महासंघले महाधिवेशनको अवसरमा बैंकहरुमा भएको निक्षेप सार्वजनिक गरेको हो । प्रतिवेदनका अनुसार बैंकसँग चार बैंकको विभिन्न शाखाहरुमा निक्षेपका रुपमा रकम छ ।

महासंघको नेपाल बैंकको विभिन्न शाखामा ३९ लाख ९३ हजार रुपैयाँ, एनआइसी एसिया बैंकको विभिन्न शाखामा ३४ लाख २० हजार रुपैयाँ, हिमालयन बैंकमा ७२ लाख ६७ हजार र एभरेष्ट बैंकमा १४ हजार रुपैयाँ बचत रहेको महासंघले जनाएको छ ।

Share News