नियमित सरसफाई नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने, नाम सार्वजनिक गर्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित सरसफाइमा ध्यान दिन विभिन्न कार्यालयलाई निर्देश्न गराएको छ । महानगरले आफुले गरेको फोहोरको सरसफाइ आफै गर्न नीजि तथा सरकारी संस्थालाई निर्देशन दिएको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभागले एक सुचना जारी गर्दै संस्थाले नियमित सरसफाइ नगरेको पाइएको जनाएको हो । पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर कार्यालय बाहिर फाल्दा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले नियमित सरसफाइमा ध्यान दिन विभिन्न कार्यालयलाई निर्देश्न गराएको छ । महानगरले आफुले गरेको फोहोरको सरसफाइ आफै गर्न नीजि तथा सरकारी संस्थालाई निर्देशन दिएको छ ।

महानगरपालिकाको वातावरण तथा कृषि विभागले एक सुचना जारी गर्दै संस्थाले नियमित सरसफाइ नगरेको पाइएको जनाएको हो ।
पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर कार्यालय बाहिर फाल्दा सिङ्गो शहर नै फोहोर बनेको भन्दै फोहोर व्यवस्थापन ऐन, २०६८ तथा फोहोर व्यवस्थापन नियमावली २०७० अनुसार कार्यालयको सरसफाइ गर्न निर्देशन दिएको हो । आफ्नो कार्यालय वरपर ३५ दिन भित्र सरसफाइ गर्न महानगरपालिकाले अनुरोध गरेको छ।

तोकिएको समयमा सरसफाई नगरेको पाइएमा प्रचलित कानुन अनुसार दण्ड जरिवानाका साथै फोहोर व्यवस्थापनमा लागेको खर्च असुलेर कार्यालयको नाम समेत सार्वजनिक गर्ने चेतावनी महानगरपालिकाले दिएको छ ।

Share News