बालेन अब सिंहदरवार भित्र छिर्ने, कुनै पनि मन्त्रालय कारवाहीमा पर्न सक्ने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंहदरवार लगायत सार्वजनिक तथा निजी कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएका छन् । सिंहदरवार भित्र भएका मन्त्रालय परिसरमा कुनै पनि फोहोरजन्य बस्तु फेला परे उक्त मन्त्रालयलाई महानगरपालिकाले कारवाहीमा गर्ने भएको हो । काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र रहेका सार्वजनिक तथा निजी संस्थाको परिसरमा रहेको फोहोर व्यवस्थापन नभएको देखिएमा [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सिंहदरवार लगायत सार्वजनिक तथा निजी कार्यालय परिसर सरसफाइ गर्न निर्देशन दिएका छन् । सिंहदरवार भित्र भएका मन्त्रालय परिसरमा कुनै पनि फोहोरजन्य बस्तु फेला परे उक्त मन्त्रालयलाई महानगरपालिकाले कारवाहीमा गर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले महानगरको क्षेत्रभित्र रहेका सार्वजनिक तथा निजी संस्थाको परिसरमा रहेको फोहोर व्यवस्थापन नभएको देखिएमा कारवाही गर्ने चेतवानी दिएको हो । महानगरपालिकाले एक सूचना प्रकाशन गरी सार्वजनिक तथा निजी कार्यालय परिसरमा रहेको फोहोर ३५ दिनभित्र व्यवस्थापन गर्नुपर्ने छ ।

‘महानगरपालिकाभित्र रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरमा भएका फोहोर ३५ दिनभित्र आफैं व्यवस्थापन गर्नुपर्नेछ, नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोर मैला आदिले उक्त स्थान मात्र नभई सिङ्गो सहरको सुन्दरतामा नै ह्रास आएको छ,’ महानगरपालिकाको सूचनामा उल्लेख छ ।

फोहोर व्यवस्थापन गर्नुपर्ने हरेक व्यक्ति तथा निकायको कानूनी कर्तव्य रहेको महानगरपालिकाले भनेको छ । यदि महानगरपालिकाको निर्देशन नमानेमा कानुनी कारवाही गर्ने चेतावनी महानगरपालिकाले दिएको हो ।

‘फोहोर मैला व्यवस्थापन ऐन, २०६८ तथा नियमावली, २०७० को कानूनी व्यवस्था बमोजिम सबै प्रकारका सरकारी तथा निजी कार्यालयहरूले आफ्नो परिसरको फोहोर मैला ३५ दिनभित्र आफैँ व्यवस्थापन गरी सहरलाई सफासुग्घर राख्न सहयोग गर्नुहोला, अन्यथा प्रचलित कानून बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्च समेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नाम समेत सार्वजनिक गरिने छ,’ महानगरले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

Share News