
एजेन्सी । टेस्लाले आफ्नो इलेक्ट्रिक सेमी ट्रकको बिक्री सुरु गरेको छ। यो ट्रक सडकमा चल्ने कुनै पनि डिजेल ट्रकभन्दा ३ गुणा बढी शक्तिशाली रहेको कम्पनीको दाबी छ । ट्रक ९७ किमी प्रतिघण्टाको दरले दौडिन सक्छ । यसको ब्याट्री करिब ८ सय ५ किलोमिटर दौडिनको लागि पर्याप्त रहेको छ । यो ट्रकको मूल्य न्यूनतम डेड करोड डलर रहेको छ ।
पहिलो ट्रक पेप्सीलाई
कम्पनीका सीईओ एलोन मस्कले नेभाडाको स्पार्क्सस्थित कम्पनीको गिगाफ्याक्ट्रीमा आयोजित एक कार्यक्रममा सफ्ट ड्रिङ्क कम्पनी पेप्सीलाई पहिलो ट्रक डेलिभरी गरेका थिए । पेप्सीले डिसेम्बर १९१७ मा टेस्लासँग १ सय ट्रकहरू अर्डर गरेको थियो । जब टेस्ला सेमी पहिलो पटक एक कार्यक्रममा पदर्शन गरिएको थियो । यो ट्रक २०१९ बाट डेलिभरी गर्ने भनिए पनि कोरोनाका कारण ढिला भएको बताइएको छ ।
ट्रकको भविष्य
टेस्लाले सेमीलाई ट्रकिङको भविष्यको रूपमा वर्णन गरेको छ। कार्यक्रममा मस्कले भने, ‘तपाईं यसलाई चलाउन चाहनुहुन्छ। यो वास्तवमा सामान्य कार चलाउनु जस्तै हो, ट्रक चलाउनु जस्तो होइन।’
अगाडिको राम्रो दृश्यका लागि यस ट्रकमा विशेष प्रकारको ड्राइभर सिट बनाइएको छ । त्यहाँ दायाँपट्टि कपहोल्डरहरू र वायरलेस फोन चार्जरको व्यवस्था गरिएको छ, साथै दुबै छेउमा ठूलो स्क्रिन राखिएको छ । यसबाहेक ट्रकमा डिजाइज गरिएको आर्किटेक्चरले दुघर्टना समेत कम गर्ने दाबी कम्पनीको रहेको छ । ट्रकलाई ब्रेक लगाउँदा उत्पन्न हुने शक्तिमार्फत पनि ब्याट्री चार्ज हुने सिस्टम जडान गएिको छ ।
डेमलर, भोल्भो, पिटरबिल्ट र बिवाइडी जस्ता प्रमुख उपकरण निर्माताहरूले पनि आफ्नै इलेक्ट्रिक लङ्ग-होलरमा काम गरिरहेका छन्। यद्यपी विद्युतीय सवारीसाधनको व्यापक प्रयोग अगाडि ठूला चुनौतीहरू छन्। यसमा धेरै सामान बोक्ने क्षमता देखि लिएर सुविधाजनक चार्जिङ स्टेशनहरूको उपलब्धतासम्मका चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ ।