मतदानमा उद्योगी व्यवसायीको सक्रिय सहभागिता, आर्थिक सम्वृद्धिको एजेण्डा भएकालाई भोट

<p>काठमाडौं । आज देशभर मतदान हुँदैछ । विगतका जस्तो यस पटकको मतदानमा खासै मतदाताहरुको सक्रियता देखिएन । तर, मतदानमा उद्योगी व्यवसायीहरु भने सक्रियताका साथ मतदानमा भाग लिएका छन् । सधैँ व्यापार व्यवसायमा व्यस्त रहने उद्योगी व्यवसायीहरू आइतबार बिहानैदेखि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्न निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भएका छन्। आर्थिक विकास र समृद्धिका [&hellip;]</p>

काठमाडौं । आज देशभर मतदान हुँदैछ । विगतका जस्तो यस पटकको मतदानमा खासै मतदाताहरुको सक्रियता देखिएन । तर, मतदानमा उद्योगी व्यवसायीहरु भने सक्रियताका साथ मतदानमा भाग लिएका छन् ।

सधैँ व्यापार व्यवसायमा व्यस्त रहने उद्योगी व्यवसायीहरू आइतबार बिहानैदेखि आगामी पाँच वर्षका लागि जनप्रतिनिधि चयन गर्न निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भएका छन्। आर्थिक विकास र समृद्धिका एजेन्डाहरू अगाडि सारेर देशको सुन्दर भविष्य कोर्न सक्ने उम्मेदवारलाई मतदान गरेर जिताउन उनीहरूको आग्रह छ ।

अधिकांश उद्योगी व्यवसायीहरुले मत खसाल्दै आर्थिक एजेण्डा बोकेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ को सीतापाइला माद्यामि विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको समृद्धि र सुशासनको पक्षमा काम गर्ने उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे । उनले देशमा समृद्धि ल्याउनसक्ने विश्वास बोकेकाहरुलाई जिताउन आवश्यक रहेको बताए । अध्यक्ष गोल्छाले मतदानको अधिकार संविधानले दिएको नैतिक र कानूनी जिम्मेवारी भएकाले सबैले आफ्नो अधिकारको प्रयोग गर्न अनुरोध गरे ।

उनले भने, ‘जसले यो देशलाई अघि बढाउन सक्छ, जसले देशमा समृद्धि ल्याउनसक्छ र जोसँग विश्वास छ, जसले यो देशलाई राम्रो दिशा दिनसक्छ, त्यसैलाई भोट दिऔँ, यो हाम्रो नैतिक जिम्मेवारी पनि हो, कानूनी जिम्मेवारी पनि हो, संविधानले दिएको अधिकारबाट कोही पनि वञ्चित हुनु हुँदैन ।

यस्तै, महासंघकै वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले पनि काठमाडौंको विशालनगरमा रहेको मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् । उनले पनि मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै देशको आर्थिक विकासको एजेन्डालाई अघि सार्ने किसिमको नेतृत्व चुन्नुपर्ने बताए ।

‘निर्वाचन देशको भविष्य निर्माणको पहिलो स्टेप हो, आफ्नो मताधिकारको प्रयोग गरेर देशको भविष्य निर्माण गर्नको लागि सही व्यक्ति निर्वाचित गरेर पठाउनुस्,’ उनले भने ।

महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले मतदान गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । उनले भनेका छन्, ‘भोट हालियो, आशा गरौँ कि यसपालिको भोटले देशमा आर्थिक क्रान्ति ल्याउला ।’

महासंघका कार्यकारिणी सदस्य प्रबलजंग पाण्डेले पनि मतदान गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मैले त आफ्नो मताधिकार प्रयोग गरेँ, यहाँले गर्नुभयो ?’ उनले भनेका छन्, ‘असल नेतृत्व छानौँ, हाम्रो देशको भविष्य हामी नेपालीकै हातमा छ, आजैबाट देशको भविष्य ५ वर्षसम्म हामीले छानेको व्यक्तिको हातमा जाँदै छ ।’

यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले पनि काठमाडौंको कुलेश्वस्थित जनमैत्री स्कुलबाट मतदान गरेका छन् । उनले देशको भविष्य निर्माणका लागि निर्वाचनमार्फत् सक्षम नेतृत्व चयन गरेर असल मतदाताको भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
यस्तै, नाडा अटोमोबाइल एसोसिएसनका पूर्वअध्यक्ष कृष्णप्रसाद दुलालले पनि काठमाडौं क्षेत्र नम्बर ८ ‘ख’बाट मतदान गरेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष जिवा लामिछानेले पनि मतदान गरेको फोटो फेसबुकमार्फत् पोस्ट गरेका छन् ।

यस्तै, डलर अर्बपति विनोद चौधरीले समेत मतदान गरेका छन् । नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका उनले निर्वाचनमा विवेकपूर्ण तरिकाले मतदान गर्न आग्रह गरेका छन् । उनी नवलपरासी पश्चिमबाट उम्मेदवार बने पनि नवलपुर (बर्दघाट–सुस्ता) पूर्वका मतदाता हुन् ।

नेपाली कांग्रेसका उम्मेदवारसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले पनि चितवन क्षेत्र नम्बर २ को मतदान केन्द्रमा मतदान गरेका छन् ।

Share News