काठमाडौं । सरकारले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनको लागि ४ दिन विदा दिने निर्णय गरेको छ । सरकारले निर्वाचनको लागि मंसिर २ गतेदेखि ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मंगलबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे । ‘मंसिर ४ गते आइतबारका दिन हुन गइरहेको प्रतिनिधी सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा मतदानस्थल रहेका शिक्षण संस्था र विद्यालयहरुमा २०७९ मंसिर २ गतेदेखि ५ गते सार्वजनिक विदा दिने नेपाल सरकारबाट निर्णय भएको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।