नाङ्लो ग्रुपले दरबारमार्गमा संचालनमा ल्यायो ‘द चाइनिज रुम’ रेष्टुरेण्ट

<p>काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रुम रेष्टुरेण्ट शुरु गरेको हो । सन् १९७६ मा स्थापना भएको नाङ्लोले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको हाे । आईतबार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लोका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले [&hellip;]</p>

काठमाडौं । नाङ्लो समूहले चिनियाँ परिकारसहितको रेष्टुरेण्ट सञ्चालनमा ल्याएको छ । नाङ्लो समूहले काठमाडौंको दरबारमार्गमा चिनियाँ परिकार उपलब्ध हुने द चाइनिज रुम रेष्टुरेण्ट शुरु गरेको हो ।

सन् १९७६ मा स्थापना भएको नाङ्लोले दरबारमार्गमा चाइनिज परिकार उपलब्ध हुने ५४ सिट क्षमताको रेष्टुरेण्ट आजबाट सञ्चालनमा ल्याएको हाे ।

आईतबार पत्रकार सम्मेलनमा बोल्दै नाङ्लोका अध्यक्ष गोपालसुन्दरलाल कक्षपतीले सानो क्षमताको रेष्टुरेण्ट भएपनि यसले दिने सेवामा कुनै कम्परमाइज नहुने बताए । उनले यसअघि पनि नाङ्लोले ५ सय सिट क्षमताको रेष्टुरेण्ट सञ्चालन गरिसकेको भन्दै यो रेष्टुरेण्टमा चाइनिज परिकार र स्वेचन खाना पनि पाइने बताए ।

‘नाङ्लो ग्रुपले पुनः द चाइनिज रेष्टुरेण्ट शुरु गर्दैछौँ, नाङ्लो प्रा.लि.१९७६ मा स्थापना गरेका हौँ । त्यो बेला सानो क्षमताको रेष्टुरेण्ट नै शुरु गरेका थियौँ, हामीले पछिल्ला दिनहरुमा ५ सय सिट क्षमताको रेष्टुरेण्टसम्म सञ्चालन ग¥यौं, यो रेष्टुरेण्टमा ५४ सिटको क्षमता छ, दरबारमार्गमा रहेको छ, इण्डो चाइनिज खाना यहाँ धेरै पाइन्छ, इण्डो चाइनिजसँगै स्वेचन खाना पनि हामी यहाँ उपलब्ध गराउनेछौँ,’ उनले भने ।

रेष्टुरेण्ट बिहान ११ बजेबाट राति १० बजेसम्म सञ्चालन हुने र ग्राहकहरुले अर्डरको लागि बुक गर्नसक्ने जनाएको छ । अध्यक्ष कक्षपतीले धेरैको माग पुरानै स्वादमा परिकारहरु उपलब्ध गराउनुपर्ने आएकाले त्यही अनुसार रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए ।

Share News