सबै वडामा महिला सञ्जाल गठन गर्ने काठमाडौं महानगरको निर्णय

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् । बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् । [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा महिला सञ्जाल गठन गर्ने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सो निर्णय गरिएको औंपचारिक जानकारी गराएकी हुन् ।

बुधबार काठमाडौंमा आयोजित ‘काठमाडौं महानगरपालिका, वडा महिला सञ्जालः गठन र सञ्चालनसम्बन्धि छलफल’ कार्यक्रममा बोल्दै उनले सो सञ्जाल एक हप्ता भित्र सबै वडाहरुमा गठन गरिसक्न पनि वडाहरुलाई निर्देशन दिइन् ।

महानगरपालिकाकी न्यायिक समितिका संयोजक समेत रहनु भएकी उपमेयर डंगोलले सो सञ्जालमा काम गर्दाखेरी पुरुषहरुमाथि कुनै पनि किसिमको विभेद नहुने पनि बताइन् ।

‘महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अघि बढाएका छौं, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो, कुनै पनि द्वन्द्वको निरुपण गर्ने विधि भनेको मेलमिलाप नै हो, मेलमिलाप गराउनका लागि वडावडामा मेलमिलाप केन्द्र पनि स्थापना गरिएको छ, महिला सञ्जालमा पुरुष र महिलामा कुनै पनि किसिमको विभेद नगरी न्याय निरपण गरिन्छ, अब वडा वडामा एकहप्ता भित्र महिला सञ्जाल गठन गरिसक्न हुन म आग्रह गर्दछु,’ उनले भनिन् ।

काठमाडौं महानगरपालिकाले यस अघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । उपमेयर डंगोलले समाजमा मेलमिलापको वातावरण निर्माण गर्दै महिला र पुरुषबीचको विभेद अन्त्य गर्न सो केन्द्र पनि स्थापना गर्नु परेको बताइन् ।

Share News