विद्धुतीय गाडी बनाउन होण्डा र सोनीबीच साझेदारी, टेस्लालाई टक्कर दिने लक्ष्य

<p>काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती कमाएको सोनीसँग साझेदारी गरेको हो । होण्डा मोटर कम्पनी र सोनी कर्पको संयुक्त लगानीमा सोनी होण्डा मोविलिटी इको स्थापना भएको छ [&hellip;]</p>

काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती कमाएको सोनीसँग साझेदारी गरेको हो ।

होण्डा मोटर कम्पनी र सोनी कर्पको संयुक्त लगानीमा सोनी होण्डा मोविलिटी इको स्थापना भएको छ । यस कम्पनीले पहिलो उद्योग दक्षिण अमेरिकामा खोल्ने र सन् २०२६ को दोस्रो त्रैमासमा उपभोक्तासम्म गाडी पुर्याउने घोषणा पनि गरेको छ । यस नयाँ गाडीको बुकिङ २०२५ को पहिले त्रैमासबाट नै शुरु हुने बताइएकाे छ ।

क्यालिफोर्निया सरकारले लिएको इभीमैत्री नीति र नियामकिय सुविधा राम्रो भएको जनाउँदै जापानी कम्पनीहरुले अमेरिकामा उद्योग बनाउन लागेका हुन् । क्यालिफोर्नियाबाट सन् २०३० सम्म ८ लाख कार बजारमा पठाउने कम्पनीको लक्ष्य रहेको छ ।

नयाँ गाडीमा विलकुलै नयाँ प्रविधि हुने, सुविधा र मनोरञ्जनको हिसावले संसारकै उत्कृष्ट गाडी बनाउने घोषणा पनि कम्पनीले गरेको छ । यो गाडी सफ्टवेयर प्रविधिमा आधारित हुने र टेस्ला वा एप्पल जत्तिकै उच्च भ्यालुको ब्राण्ड बन्ने कम्पनीको विश्वास छ ।

Share News