काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालको अध्यक्ष पदमा पुनः निर्वाचित भएकी छिन् । टीआई नेपालकाे शुक्रबार सम्पन्न २७ औँ वार्षिक साधारणसभाले प्रधानाङ्गलाई अध्यक्ष पदमा पुनः निर्वाचित गरेको हाे ।
सभाले कार्यसमिति सदस्यमा सबिता भण्डारी बराल, शरच्चन्द्र वस्ती, सिताराम अग्रहरी, मदनकृष्ण शर्मा, महेन्द्र नारायण श्रेष्ठ, हरि बहादुर थापा, सुनिता गुरुङ र राष्ट्रिय ब्यवसायिक पहललाई निर्वाचित गरेको छ । अध्यक्ष लगायत सम्पूर्ण कार्यसमिति सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
९ सदस्यीय कार्यसमितिका उपाध्यक्ष, महासचिव, कोषाध्यक्षको मनोनयन अध्यक्षद्वारा गरिने व्यवस्था संस्थाको विधानमा रहेको छ । सभाले संस्थाको आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रगति प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि पारित गरेको छ ।
संस्थाको वार्षिक प्रतिवेदनमा देशमा सदाचार प्रणालीमा सुधार हुन नसकेको उल्लेख गरिएको छ ।