बानेश्वर प्लाजमा अन्डरग्राउण्ड पार्किङ संचालन

<p>काठमाडौं । नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजाले अन्डरग्राउण्ड पार्किङ निर्माण गरी संचालनमा ल्याएको छ । प्लाजाले शुक्रबार उक्त अन्डरग्राण्ड पार्किङस्थल उद्घाटन गरी संचालनमा ल्याएको हो । प्लाजामा निर्माण भएको अण्डरग्राउण्ड पार्किङले नयाँ बानेश्वरको ८० प्रतिशत पार्किङको समस्य समाधान गर्ने नयाँ वानेश्वर व्यापारी संघका नविन लुईंटेलले बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यापारिक प्रयोजनका लागि बनाइएका भवनहरुमा [&hellip;]</p>

काठमाडौं । नयाँ बानेश्वरस्थित बानेश्वर प्लाजाले अन्डरग्राउण्ड पार्किङ निर्माण गरी संचालनमा ल्याएको छ । प्लाजाले शुक्रबार उक्त अन्डरग्राण्ड पार्किङस्थल उद्घाटन गरी संचालनमा ल्याएको हो ।

प्लाजामा निर्माण भएको अण्डरग्राउण्ड पार्किङले नयाँ बानेश्वरको ८० प्रतिशत पार्किङको समस्य समाधान गर्ने नयाँ वानेश्वर व्यापारी संघका नविन लुईंटेलले बताए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले व्यापारिक प्रयोजनका लागि बनाइएका भवनहरुमा अन्डरग्राउन्ड पार्किङ अनिवार्य हुनुपर्ने अभियान चलाएपछि काठमाडौंको विभिन्न स्थानमा पार्किङ स्थलहरु बन्न थालेको छ ।

Share News