काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ११ औं महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा आगामी दुई वर्षका लागि ४१ सदस्यीय केन्द्रीय समिति निर्वाचित भएको छ ।
महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा बद्रिप्रसाद तिमिल्सिना, उपाध्यक्षहरुमा लक्ष्मी ज्ञवाली, ईश्वर उप्रेती, लूजः श्रेष्ठ र महासचिवमा रबिन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।
यसैगरी, उपमहासचिवमा श्रवणकुमार सिंह, पेसल नेपाल, सचिवहरुमा कविप्रसाद बराल, कृष्णप्रसाद लम्साल, रेणुका न्यौपाने, उषा ढुलाल, सुष्मा ज्ञवाली, कोषाध्यक्षमा ऋषि ज्ञवाली र सहकोषाध्यक्षमा लिना यादव तथा बाँकी २६ जना सदस्यहरु निर्वाचित भएका छन् ।
संघका का.वा.अध्यक्ष रामप्रसाद जोशीको अध्यक्षतामा सम्पन्न भएको महाधिवेशनकोे समुद्घाटन नेकपा एमालेका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले गरेका थिए । उनले रा.वा. बैंक नेपालको आर्थिक क्षेत्रको महत्वपूर्ण वित्तिय संस्था भएको बताउँदै, संंस्थालाई सबल बनाउन व्यवस्थापन र ट्रेड युनियनको भूमिका अहम हुने बताए ।