विराटनगर महानगरले गुनासो सुन्न र सम्बोधन गर्न सञ्चालनमा ल्यायो हटलाइन सेवा

<p>विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए । &#8216;कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ&#8217;, उनले भने, &#8216;त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान [&hellip;]</p>

विराटनगर । विराटनगर महानगरपालिकाले हटलाइन (टोल फ्रि) सेवा सञ्चालनमा ल्याएको छ । महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्न हटलाइन सेवा सञ्चालनमा ल्याइएको विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले जानकारी दिए ।

‘कुनै पनि गुनासा भए हटलाइन नम्बरमा फोन गरेर टिपाउन सक्ने यो सेवा चौबीसै घण्टा खुला रहनेछ’, उनले भने, ‘त्यस्ता गुनासा र समस्या प्राथमिकताका आधारमा समाधान गरिने छ ।’ महानगरले सञ्चालनमा ल्याएको हटलाइन नम्बर १६६०२१४२२२२ रहेको छ । महानगरवासीले इमेल गरेरसमेत आफ्ना गुनासा र सुझाव दिन सक्ने व्यवस्था मिलाइएको प्रमुख कोइरालाको भनाइ छ ।

उgका अनुसार केही हप्ता पहिलादेखि नै हटलाइन सेवा परीक्षणका लागि सञ्चालनमा ल्याइएको थियो । असोज १ गतेदेखि भने औपचारिकरूपमा सञ्चालनमा ल्याइएको हो । हटलाइन व्यवस्थापनको जिम्मा नगर प्रहरीलाई दिइएको उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिए ।

हटलाइनमार्फत आएका गुनासा र सुझाव नगर प्रहरीले टिपोर्ट गरेर प्रमुख एवं उपप्रमुखसहित सम्बन्धित महाशाखा र शाखा प्रमुखलाई उपलब्ध गराउनेछ । रासस

Share News