कपिलको ट्राफिक ट्र्याकिङ मेसिन बन्यो इन्फ्रास्ट्रक्चर आइडिया हन्टको विजेता

<p>काठमाडौं । कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ मेसिन इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ को विजेता भएको छ । हन्टको विजेता बन्दै अधिकारीले साढे १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यस्तै, हन्टको उपविजेता सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर  र सहविजेता  जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिन भएको छ । उपविजेता सिंहले १ लाख रपैयाँ र सहविजेता श्रेष्ठले ५० हजार रुपैयाँ [&hellip;]</p>

काठमाडौं । कपिल अधिकारीको ट्राफिक ट्र्याकिङ मेसिन इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ को विजेता भएको छ । हन्टको विजेता बन्दै अधिकारीले साढे १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

यस्तै, हन्टको उपविजेता सौरभ सिंह चोेधरीको राइस ट्रान्सप्लान्टर  र सहविजेता  जोसेफ श्रेष्ठको रिभर्स भेन्डिङ मेसिन भएको छ । उपविजेता सिंहले १ लाख रपैयाँ र सहविजेता श्रेष्ठले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नेपाल उद्योग परिसंघले आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा इन्फ्रास्ट्रक्चर आइडिया हन्ट २०२२ संचालन गरेको थियो । यो प्रतियोगिता नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२ को एक अंशको रुपमा संचालन गरिएको थियो ।

नेपाल इन्फ्रास्ट्रक्चर समिट २०२२, सेप्टेम्बर ८ र ९ गते सोल्टि होटलमा समपन्न भएको थियो । उक्त कार्यक्रममा ५०० भन्दा बढी सरकारी कर्मचारी, विदेशी प्रतिष्ठित व्यक्तिहरू, थिंक ट्याङ्कहरू र लगानीकर्ताहरूको उपस्तिथि रहेको थियो ।

Share News