ट्राफिक प्रहरीले शुरु गर्यो नयाँ अपरेसन, एकैदिन कारवाहीमा परे साढे ७ सय सवारी चालक

<p>काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २१ गतेदेखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाइट नामक अपरेसन शुरु गरेको छ । उक्त अपरेसन अनुसार मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो । चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भदौ २१ गतेदेखि भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ब्ल्याक एण्ड ह्वाइट नामक अपरेसन शुरु गरेको छ । उक्त अपरेसन अनुसार मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो ।

चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना , तिव्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरु कारवाहीमा परेका छन् ।

भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भाबित दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए । साथै, आगामी दिनमा पनि यो अपरेसनले निरन्तरता पाउने प्रहरी उपरीक्षक क्षेत्रीको भनाइ छ ।

Share News