काठमाडौं । नक्कली नोट बनाउने कागजको बण्डलसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । नुवाकोट जिल्लाको साविक ककनी गाविस ५ स्थायी घर भई हाल काठमाडौं बस्ने ३२ वर्षिय हिरामान लामा नक्कली नोट बनाउने कागजसहित पक्राउ परेका हुन्
उनलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट शुक्रबार राति पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीले उनको साथबाट १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत फेला पारेको थियो । उनलाई बरामद रुपैयाँ र कागजसहित आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको छ ।