काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचना हटाउने भएको छ । उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पास बिना बनाइएका भौतिक संरचना हटाउने तयारी थालेको उपमहानगरले जनाएको छ ।
अवैध संरचना हटाउने सम्बन्धी सूचना पनि एक दुई दिनमा निकाल्ने उपमहानगरले जानकारी दिएको छ ।
उपमहानगरका अनुसार पार्किङका लागि नक्सा पास गरी बनाइएका संरचनामा घरधनीले पसल व्यवसाय सञ्चालन गरेको पाइएमा, सार्वजनिक सडक, जग्गालाई अतिक्रमण गरेर संरचना बनाइएको पाइएमा, फुटपाथ अतिक्रमण गरेको पाइएमा कानुनी कारबाही हुनेछ ।