काठमाडौं । व्यापारीहरुले अन्डरग्राउण्डमा रहेको पसलहरु हटाएर पार्किङ स्थल बनाउन थालेका छन् । काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङका पसलहरु हटाउन थालेपछि व्यापारीहरुले अन्डरग्राउण्डमा पार्किङ स्थल बनाउन थालेका हुन् ।
यसक्रममा बानेश्वरमा रहेको यूएफओ ब्रान्डको पसल रहेको व्यवसायिक भवनले पार्किङ क्षेत्र बनाउन थालेको छ ।
उक्त भवनमा ‘काठमाडौं महानगरपालिकाको सूचनालाई अनुशरण गर्दै अन्डरग्राउन्ड पार्किङको मर्मत निर्माण कार्य हुँदैछ,’ भन्ने सूचना टाँसिएको छ ।