काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फाबिटाको अनधिकृत संरचना आजै भत्काउने भएको छ । अल्फाबिटाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि महनगरले आजै संरचना भत्काउन लागेको जनाएको छ ।
बिहीबार अवैध संरचना निरीक्षण गर्ने क्रममा नयाँ बानेश्वरस्थित अल्फाबिटामा पार्किङको लागि छुट्याएको ठाउँमा व्यापारिक प्रायोजनको संरचना बनाएको पाएका थियो ।
काठमाडौं महानगरपालिकाले बुधबारदेखि काठमाडौंका विभिन्न स्थानमा अवैध रूपमा बनाएका संरचनाहरू भत्काउँदै आएको छ। ३५ दिन अगाडि नै महानगरपालिकाले नक्सामा पार्किङका लागि अनुमति लिएर अरू संरचना बनाएको भएमा खाली गर्न सूचना जारी गरेको थियो ।