गोर्खाज फाइनान्समा खाता खोल्नेलाई लकर सुविधासहित विभिन्न सेवा निः शुल्क

<p>orkhas काठमाडौं । गोर्खाज फाइनान्सले नारी बचत खाता योजना सार्वजनिक गरेको छ । फाइनान्सले तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको उक्त बचत योजना ल्याएको हो । यससँगै, नारी बचत खाता खोल्नेले निःशुल्क लकर सुविधा, निःशुल्क एटिएम कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क डिम्याट सेवा पाउने छन् । साथै, सिआश्वा शुल्क समेत निःशुल्क गरेको फाइनान्सका प्रमुख कार्यकारी [&hellip;]</p>

orkhas काठमाडौं । गोर्खाज फाइनान्सले नारी बचत खाता योजना सार्वजनिक गरेको छ । फाइनान्सले तीजको उपलक्ष्यमा थप सेवा सुविधा सहितको उक्त बचत योजना ल्याएको हो ।

यससँगै, नारी बचत खाता खोल्नेले निःशुल्क लकर सुविधा, निःशुल्क एटिएम कार्ड, निःशुल्क मोबाइल बैकिङ्ग, निःशुल्क डिम्याट सेवा पाउने छन् । साथै, सिआश्वा शुल्क समेत निःशुल्क गरेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोषकुमार घिमिरेले बताए ।

फाइनान्सले हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल विस्तार गरेको छ । संस्थाले आगामी दिनमा निक्षेप तथा कर्जामा थप नविनतम योजनाहरु ल्याउने र व्यापार व्यवसायको दायरा फराकिलो बनाउने उद्देश्यको साथ कार्य गरिरहेको सीईओ घिमिरेले जानकारी गराए ।

Share News