काठमाडौं । लूप नेटवर्कसले प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) जारी गर्ने तयारी गरिरहेको छ । ईन्टरनेट सेवा प्रदायक कम्पनीले चालु वर्षको अन्तिमतिर आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले विगत ६ वर्षदेखि ईन्टरनेट सेवा प्रदान गर्दै आएको छ । कम्पनीले गत साउन ४ गते नेपाल दूरसञ्चार प्राधिकरणबाट नेटवर्क सेवा प्रदायकको ईजाजत पत्र प्राप्त गरेको हो ।
कम्पनीले छिमेकी मुलुक भारत र चीनसँग सिधै ब्याण्डवीथ कनेक्टिभिटी प्राप्त गर्ने भएको छ । नेटवर्कसले ब्याण्डवीथ कनेक्टिभिटीको लागि भारतको नेटवर्कस सेवा प्रदायक कम्पनी एरटेल, टाटा, एसआईएफवाईसँग प्रारम्भिक छलफल चलिरहेको लूप नेटवर्कसले जानकारी दिएको छ । साथै नेटवर्कले चाडै सेवा सुचारु गर्ने पनि जनाएको छ ।
त्यसपछि लूप नेटवकर्र्सले स्वदेशी ईन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई गुणस्तरीय ब्याण्डवीथ सुपथ मुल्यमा उपलव्ध गराउन सक्ने दावी गरेको छ । र, कम्पनीको कारोबार दुई गुणाले बढ्ने नेटवर्कले अनुमान गरेको छ ।
साथै, विगतका दिनहरुमा झै आगामी दिनहरुमा पनि कम्पनीले सस्तो मूल्यमा प्रतिस्पर्धी, गुणस्तरीयर नयाँ योजनाहरु बजारमा ल्याउने कार्यलाई निरन्तरता दिइरहेको छ ।