अब उर्जा मन्त्रालयले विद्युतिय गाडी मात्र खरिद गर्छ : मन्त्री भुषाल

<p>काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा मन्त्री भुषालले उर्जा मन्त्रालयले विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी हुन् । उनले प्राधिकरणले त्यही अनुसार चार्जिङ स्टेशन निर्माण गर्ने पनि बताइन् । &#8216;सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम संचालन [&hellip;]</p>

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी छिन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा मन्त्री भुषालले उर्जा मन्त्रालयले विद्युतिय गाडी मात्र खरिद गर्ने बताएकी हुन् ।

उनले प्राधिकरणले त्यही अनुसार चार्जिङ स्टेशन निर्माण गर्ने पनि बताइन् । ‘सरकारले विद्युतको खपत बढाउन धेरै प्रकारका कार्यक्रम संचालन गरिरहेको छ, अब उर्जा मन्त्रालयले पनि विद्युतिय गाडी मात्र खरिद गर्छ र प्राधिकरणले त्यही अनुसार चार्जिङ स्टेशन बनाउँछ,’ उनले भनिन् ।

उनले छिट्टै हाइड्रोजनको व्यापारमा अनुसन्धान गरी प्रारम्भ गरिने पनि बताइन् ।

यस्तै, मन्त्री भुषालले निजि क्षेत्रले भोगेका समस्यामा सरकार गम्भीर रहेको बताइन् । हाल १६ सय मेगावाटको विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० गरेर पनि काम नभएको र अहिलेको अवस्थामा क्यु ट्वान्टिको डिजाइनमा काम गर्दै धेरै विद्युत उत्पादन गर्न नसकिने उनको भनाइ छ ।

उनले मिटर जोड्न महिनौं लगाउने प्राधिकरणका कर्मचारीहरुलाई कारबाही गर्न पनि अनुरोध गरेकी छिन् । ‘हामी मन्त्रालयका मन्त्री र कर्मचारी विद्युत खपत बढाउन अनुरोध गर्दै हिँड्ने तर तलबाट एउटा मिटर जोड्नभन्दा महिनौ नगर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ, समयमा काम नगर्ने कर्मचारीलाई आवश्यक विभागिय कारबाही गर्न म अनुरोध गर्छु,’ उनले भनिन् ।

उनले प्राधिकरणका कर्मचारीको लागि ५२ महिनाको जीवन बीमाको व्यवस्था गर्ने र ज्यालामा काम गर्ने कर्मचारीलाई मासिक ज्यालादारी कर्मचारी बनाउने पनि बताइन् ।

Share News