निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिनुस् : अध्यक्ष आचार्य

<p>काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई विद्युतको व्यापार गर्न दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा उनले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन बताएका हुन् । उनले इपान प्राधिकरणसँग प्रतिस्पर्धाभन्दा पनि सहकार्य गरेर अगाडी बढ्न तयार रहेको धारणा राखे । &#8216;अहिलेको उत्पादनमा निजी क्षेत्रको योगदान बढी छ, [&hellip;]</p>

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान)का अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्रलाई विद्युतको व्यापार गर्न दिन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३७औँ वार्षिकोत्सवमा उनले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन बताएका हुन् ।

उनले इपान प्राधिकरणसँग प्रतिस्पर्धाभन्दा पनि सहकार्य गरेर अगाडी बढ्न तयार रहेको धारणा राखे ।

‘अहिलेको उत्पादनमा निजी क्षेत्रको योगदान बढी छ, आगामी दिनमा पनि निजी क्षेत्रकै योगदान बढी रहन्छ, तर प्रतिवेदनमा हामीलाई गौण गरियो, प्राधिकरणको सफलतामा हामी पनि छौँ, हामीलाई खुसी लागेको छ,’ उनले भने ।

उनले ५ वर्षदेखि ग्याँसचुल्हो विस्थापित गर्ने कार्यक्रम कार्यान्वयन नभएको बताएका छन् । ०७५ सालदेखि नखुलेको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अब खुलाउनुपर्ने उनको भनाइ छ ।

Share News