राष्ट्र बैंकले कडाइ गरेपछि सुस्तायो घरजग्गा कारोबार, ह्वात्तै घट्यो राजश्व

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि साउनमा घरजग्गा कारोबार सुस्ताएको छ । घरजग्गा धितो कर्जामा राष्ट्र बैंकले कडाइ गरेपछि साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको तथ्यांकले देखाएको हो । सरकारको बजेटले पनि घरजग्गा कारोबारमा कडाइ गरेको थियो । भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७८५ कित्ताकाट भएका छन् । गत आवको [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि साउनमा घरजग्गा कारोबार सुस्ताएको छ । घरजग्गा धितो कर्जामा राष्ट्र बैंकले कडाइ गरेपछि साउन महिनामा घरजग्गा कारोबार सुस्ताएको तथ्यांकले देखाएको हो । सरकारको बजेटले पनि घरजग्गा कारोबारमा कडाइ गरेको थियो ।

भूमि, व्यवस्थापन तथा अभिलेख विभागका अनुसार साउन महिनामा ८ हजार ७८५ कित्ताकाट भएका छन् । गत आवको साउन महिनामा ७३ हजार १५९ वटा जग्गा कित्ताकाट भएको तथ्यांकले देखाउँछ । कित्ताकाटसँगै राजश्व असुलीमा पनि सरकारलाई धक्का लागेको छ । यस्तै, साउन महिनामा कुल ३३ हजार ८३४ मा घरजग्गा किनबेच भएको छ ।

साउन महिनामा सरकारले २ अर्ब ७३ करोड ६५ लाख रुपैयाँ मात्रै राजश्व संक्लन गरेको छ । जबकी गत आर्थिक वर्षको साउनमा सरकारले ८ अर्ब १० करोड ३६ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

सरकारले कृषि, आवासीय, वनलगायत विभिन्न क्षेत्रको जग्गाको वर्गीकरण नगरी कारोबार गर्न नपाउने व्यवस्था गरेको छ भने नेपाल राष्६्र बैंकले काठमाडौं उपत्यकामा कुल मूल्यांकंनको ३० प्रतिशत र काठमाडौं बाहिर कुल मुल्यांकनको ४० प्रतिशत मात्रै कर्जा कर्जा पाइने व्यवस्था गरेको छ । यसकाे प्रत्यक्ष असर घरजग्गा काराेबारमा देखिएकाे हाे ।

Share News