खरिद प्रकृयामा रहेका अधिकांश रासायनिक मल असोजभित्र नेपाल आइपुग्ने

<p>काठमाडौं । खरिद प्रकृयामा रहेका अधिकांश मल आगामी असोज महिनाभित्र नेपालमा आइ्पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद प्रकृया अगाडि बढाएको रासायनिक मलको अधिकांश आयात आगामी असोज महिनाभित्रै हुने बताएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले खरिदको जिम्मेवारी लिएको ३० [&hellip;]</p>

काठमाडौं । खरिद प्रकृयामा रहेका अधिकांश मल आगामी असोज महिनाभित्र नेपालमा आइ्पुग्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार सूचना जारी गर्दै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद प्रकृया अगाडि बढाएको रासायनिक मलको अधिकांश आयात आगामी असोज महिनाभित्रै हुने बताएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडले खरिदको जिम्मेवारी लिएको ३० हजार मेट्रिकटन युरिया मध्ये १८ हजार ८ सय ५० मेट्रिक टन आइसकेको र बाँकी ११ हजार १ सय ५० मेट्रिक टन नेपाल प्रवेश हुने क्रममा रहको मन्त्रालयले जनाएको छ । सोही कम्पनीले खरिद गर्ने २० हजार मेट्रिक टन डिएपी भारतको कोलकत्ता बन्दरगाहमा आइपुगको र अगस्ट ३० देखि नेपाल प्रवेश हुने कुरा सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनले खरिद गर्ने २० हजार मेट्रिक टन युरिया अगस्ट १८ मा भारतको बिशाखापटनमा आउने र भारत सरकारको अनुमति पश्चात त्यसको ३० दिनपछि नेपाल आइपुग्ने जनाएको छ ।

कृषि सामग्री कम्पनीले खरिद गर्ने थप २० हजार मेट्रिक टन डिएपी अगस्ट २१ सम्म बन्दरगाहमा आइपुग्ने र सोही कम्पनीले खरिद गर्ने थप ३० हजार मेट्रिक टन युरियाको सम्झौताअनुसार असोज सम्म नेपाल प्रवेश गर्ने मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनले थप २७ हजार ५०० मेट्रिक टन युरिया खरिदको लागि यही भदौको १० गते बोलपत्र आह्वान गर्ने जनाइएको छ ।

रासायनिक मल खरिदको मूल्य खरिदकर्ताअनुसार फरक–फरक भएको जनाइएको छ । अहिले साल्ट ट्रेडिङ कर्पोेरेसन र कृषि सामग्री कम्पनीमा ११ हजार १ सय ७१ मेट्रिक टन युरिया, ६ हजार १ सय ४१ मेट्रिक टन डिएपी र ५ हजार ७ सय ३४ मेट्रिक टन पोटास मोज्दात रहेको मन्त्रालयले जनाएको छ ।

अनुदानमा बिक्री गरिने रासायनिक मलको मुल्य युरियाको प्रतिकेजी १४ रुपैयाँ, डिएपीको ४३ रुपैयाँ र पोटासको ३१ रुपैयाँ हुने जनाइएको छ । सो मूल्यमा सञ्चालन खर्च, ढुवानी भाडा र डिलरहरुको सञ्चालन खर्च जोडिने मन्त्रालयको सूचनामा उल्लेख गरिएको छ ।

Share News